सम्पर्क गर्नुहोस्

रोजगारदाता र कार्यबल साझेदारहरू

स्वास्थ्य अनि जीवन विज्ञानहरूको परि-प्रणालीमा कार्यबलको बढ्दै गइरहेको आवश्यकतालाई पूरा गर्नको लागि, रोएनोक (Roanoke) अनि न्यु रिभर भ्यालिज् (New River Valleys), एलेघनि हाइल्याण्स (Alleghany Highlands), तथा ग्रेटर लिन्चबर्ग (Greater Lynchburg) इलाका (देब्रेपट्टि सूची दिइएको छ)-का शीर्षस्थ स्वास्थ्यसेवा रोजगारदाताहरू अनि शिक्षा क्षेत्रका अग्रणीहरूले स्वास्थ्य विज्ञान शिक्षा र कार्यबल विकासको लागि क्षेत्रीय सहभागिताको सक्रियताका साथ खोजी गर्न सुरु गरेका छन्।

2019-मा समूहले बैठकहरू अनि अन्तर्वार्ताहरू मार्फत, उपलब्ध संसाधनहरूको उपयोग गर्दै, शिक्षणप्रति सार्वजनिक-निजी दृष्टिकोणको परिकल्पना विकसित गऱ्यो अनि यी रोजगारदाताहरूको सहायताले पाठ्यक्रम विकसित गऱ्यो।

योग्यताप्राप्त स्वास्थ्य कार्यबलको वर्तमान आवश्यकता साथै स्वास्थ्य एवम् जीवन विज्ञानहरूसित सम्बद्ध उद्योगको अनुमानित वृद्धिलाई मध्येनजर राखेर हेर्दा, सार्वजनिक संस्थानहरू अनि निजी रोजगारदाताहरू तीव्रताका साथ अगाडि बढ्नु आवश्यक ठहर्छ।

वयस्क विद्यार्थीहरूलाई स्वास्थ्यको क्षेत्रमा अति नै खाँचो परेका रोजगारहरूको लागि आवश्यक योग्यताहरू हासिल गर्नमा मद्दत पुऱ्याउनको लागि स्वास्थ्य विज्ञान केरियरसित सम्बद्ध ब्लू रिज सहभागिता (Blue Ridge Partnership for Health Science Careers)-ले एकातिर तीव्रताका साथ कार्य गरिरहेको छ भने अर्कोतिर रोजगारदाताहरूका भावी आवश्यकताहरूलाई पूरा गर्न योग्यताप्राप्त प्रतिभाहरूको समूहलाई विकसित गरिरहेको छ।  

BRPHSC-ले शिक्षा अनि प्रशिक्षण प्रक्रियाको एकसाथ उत्थान र मानकीकरण गर्छ, अनि यसलाई सुव्यवस्थित गर्छ। हाम्रो उद्देश्य नवाचार र आर्थिक स्थायित्वको परम्परा कायम गर्नु हो जसले हाम्रो इलाकालाई सबै आकारहरूका ती कम्पनीहरूको लागि आकर्षक बनाउँछ जसलाई प्रतिभाहरूको ठूलो समूहको साथै उच्च गुणस्तरको स्वास्थ्यसेवाप्रति पहुँचको खाँचो हुन्छ। स्वास्थ्य विज्ञान केरियरसित सम्बद्ध ब्लू रिज सहभागिता (Blue Ridge Partnership)-ले सदैव नयाँ सहभागीहरूलाई खोजिरहेको हुन्छ। के एक रोजगारदाताको रूपमा संलग्न हुन चाहनुहुन्छ? तल दिइएको फारामको उपयोग गरेर हामीसित सम्पर्क गर्नुहोस्।

स्वास्थ्य विज्ञान क्षेत्रमा आफ्नो केरियरलाई लिएर फड्को हान्नुहोस्।

अधिक जान्न चाहनुहुन्छ? तपाईंबाट केही सुन्नु हामीलाई खुबै मनपर्छ।

  • यो क्षेत्र प्रमाणीकरण उद्देश्यका लागि हो र अपरिवर्तित छोडिनु पर्छ।